आर्थिक

एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर बिराटचोकमा

काठमाण्डौ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले मोरङ्गको बिराटचोकमा आफ्नोे नँया एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको छ ।

एक कार्यक्रम बिच उक्त काउन्टरको समुद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर श्री शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई, बरिष्ठ उद्योगी भोला दुलाल, बैकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।