अन्तर्राष्ट्रिय

बहिर्गमनकोे निर्णयले बेलायत कमजोरः ब्लेयर

दुबई । यूरोपेली संघ (इयू)बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताएका छन् ।

‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिनको छलफल कार्यक्रममा बोल्दै ब्लेयरले भने, “इयूबाट बाहिरिने निर्णयले बेलायतको सानमा पक्कै पनि आँच आएको छ ।”

विश्व भूराजनीतिक परिवर्तन पश्चिमबाट पूर्वतिर आकर्षित बनिरहेका समय ब्रेक्जिटको प्रभावलाई हेर्नु जरुरी छ ।
उनले थपे, “एसियामा आसियन, अफ्रिकामा अफ्रिकी यूनियन, दक्षिण अमेरिकामा मर्कोसर जस्ता शक्तिशाली समूह बनेको बताउदै विश्व एकताको बाटोमा हिँडेका दृष्टान्त दिए । यो केवल इयूको सवाल मात्र होइन ।”

ब्लेयरले बेलायतको नेतृत्वमा रहेका समय सन् २००३ तिर इयूमा गहिरो राजनीतिक सङ्कट देखिएको थियो । ब्लेयरको नेतृत्वमा बेलायत र अमेरिका मिलेर इराकमा युद्ध शुरु गरेका थिए भने इयूका मुख्य शक्तिराष्ट्र जर्मनी र फ्रान्सले यसको विरोध जनाएका थिए ।

बेलायत ४६ बर्षदेखि इयूको सदस्य रहँदै आएकोमा सन् २०१९ को मार्चसम्ममा यसबाट बाहिरिने छ ।