पर्यटन/संस्कृति

यती एअरलाईन्स–तारा एअरले सगरमाथा क्षेत्र सर–सफाईमा

लुक्ला, नेपाल । यती एअरलाईन्स–तारा एयरले खुम्बु पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौँमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । यो अभियान एअरलाइनको २००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो ।

१७ मार्च, २०१८ मा लुक्ला एयरपोर्टमा एक उद्घाटन कार्यक्रम आयोजना गर्दै, एअरलाइन्सले पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरी सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो । लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो ।

यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौँ पु¥याइनेछ ।

एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वयगर्दछन्भने ब्लू वेस्ट टुभ्यालु, काठमाडौँको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकलगर्दछ । सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् ।

“हाम्रो एअरलाइन्सको तर्फबाट हामी एसपीसीसी, हिमालयन क्लब, ब्लू वेस्ट टु भ्यालु तथा यस अभियानमा संलग्न अन्य संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दछौँ । हामीलाई सामाजिक रुपमा अझ जिम्मेवार बनाउन हाम्रो प्रयासमा उनीहरूको मार्गदर्शन र समर्थनको लागि युएनडीपी प्रति आभारी छौँ । हामीलाई पर्यावरण संरक्षणको यस पहलमा साथ दिनुहुने मिडियालाई पनि धन्यवाद दिन चाहन्छौँ”, यती एअरलाईन्स–तारा एअरका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले भने । “हामी आशा गर्दर्छौँ कि यस्तोसहयोगी प्रयासहरूले हाम्रो ग्रहको दुर्वल प्राकृतिक अवस्थाको सुरक्षामा सफलताको लागि नेतृत्व गर्नेछ र भावी पिडीहरूले त्यसको आनन्द उठाउँनेछन्।”

“खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिका र एसपीपीसी परिवारको तर्फबाट, यस अभियानमा सामेल भई हामीलाई साथ दिएकोमा हामी यती एअरलाईन्स–तारा एअरलाई धन्यवाद दिन चाहन्छौँ ।

लुक्लाबाट काठमाडौँ फोहोर एयरलिफ्ट गर्नेयस कार्य एकबहुमूल्य सहयोगको रूपमा देखिन्छ”, खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिकाका अध्यक्ष तथा एसपीपीसीका उपसभापति निम दोर्जी शेर्पाले भने । “हामीलाई विश्वास छ कि यस सहयोगलेसगरमाथा क्षेत्रको संरक्षण र दिगो पर्यटन प्रचार गर्न धेरै मद्दत पुग्नेछ । ”

“संसारको सबैभन्दा प्रख्यात पर्यटकीय स्थलहरु मध्येको एक यस सगरमाथा क्षेत्रको संरक्षणको लागि यस अभियानको यती एअरलाईन्सलाई म बधाई दिन चाहन्छ।

यस्ता गतिविधिहरूले नैतिक र जिम्मेवार व्यवसाय संस्कृतिको प्रचार गर्न मद्दत गर्नेछ, जसले अन्ततः दिगो विकास लक्ष्य प्राप्त गर्न योगदान पु¥याउनेछ”, नेपालका लागि संयुक्त राष्ट्र संघका स्थानीय संयोजक तथा यूएनडीपीका स्थानीय प्रतिनिधि सुश्री वालेरी जुलियान ले भन्नुभयो।“हामी व्यापारीक समुदायलाई एसडीजी प्रचार गर्ने हाम्रो प्रयासमा एक महत्वपूर्ण साझेदार मान्दछौँ र देशको स्थायी विकासमा उनीहरूको सक्रिय संलग्नताको लागि प्रोत्साहित गर्दछौँ ।”