पु.समाचार

भुकम्पको मौकामा कारागारबाट भागी फरार रहेका कैदी पक्राउ

काठमाण्डौ । बैसाख १२ गते गएको विनासकारी महाभुकम्पमा फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

अभियुक्तहरु सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागारबाट भागी फरार रहेका २१२ जना कैदी तथा थुनुवाहरु मध्येका कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भई, कैद भुक्तान गरीरहेका जिल्ला सिन्धुपाल्चोक भोताङ्ग गाविस वडा नं. २ स्थायी वतन भई हाल काठमाण्डौं मूलपानी बस्ने बर्ष ६१ का मान लामा भागी फरार रहेकोमा निजलाई यस केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटीएको टोलीले आईतबार काठमाण्डौं मुलपानीबाट पक्राउ गरी आजै कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

पक्राउ पर्नेहरुमा ६१ बर्षका जिल्ला सिन्धुपाल्चोक भोताङ्ग गा।वि।स। वडा नं. २ स्थायी वतन भई हाल काठमाण्डौं, मूलपानी बस्ने मान लामा रहेका छन्। ज्यानमार्ने उद्योगमा सजाय भोगीरहेका उनी मूलपानीबाट प्रकाउ परेको सीआईबीले जनाएको छ ।