साहित्य

साहित्यकार स्व राईको स्मृतिसभा

काठमाडौँ । तेस्रो आयाम एवं लीला लेखनका अग्रणी साहित्यकार स्व इन्द्रबहादुर राईको स्मृतिमा अन्तर संवाद समूहले स्मृतिसभाको आयोजना ग¥यो ।

समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली लेखक संघका महासचिव रत्नमणि नेपालले स्व राईका बारेमा कार्यपत्र प्रस्तुत गर्दै दार्शनिक र वैचारिक स्पष्टता भएका कविका रुपमा नेपाली साहित्यमा उहाँको सम्झना हुने बताए ।

साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र राईका साहित्यिक कृतिमा तादात्म्यता पाइने उनले कार्यपत्रमा उल्लेख गर्नुभएको छ । स्व राईले माक्र्सवाद विज्ञान सापेक्ष होइन भन्ने वैचारिक धरातलमा साहित्य रचना गर्नुभएकाले राजनीति गर्नेले उहाँको साहित्य अध्ययन गर्नु जरुरी रहेको कार्यपत्रमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, सांसद प्रकाश स्नेही, समूहका संस्थापक अध्यक्ष मनोजमणि आचार्य, संयोजक डिल्लीराम सुवेदीलगायत २२ जना कवि एवं कवयित्रीहरुले आफ्ना रचनामार्फत स्व राईलाई श्रद्धाञ्जलि दिँदै गहिरो अध्ययन र वैचारिक स्वतन्त्रताको प्रवाह भएका व्यक्तित्वका रुपमा भावी पुस्ताले उनको सम्झना गर्नेमा जोड दिए ।

स्व राईको ११ दिनअघि भारतको दार्जिलिङमा निधन भएको थियो । उनी दार्जिलिङमै बसेर नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित थिए ।