साहित्य

टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा रहेका काष्ठकलाको महत्वलाई उजागर गर्ने उद्देश्यले लेखिएको अंग्रेजी पुस्तक ‘पवित्र माया’ कृति बजारमा ल्याइएको छ ।

सिंगापुरका नागरिक शिवजी दासले उपत्यकाका विभिन्न मन्दिरको लामो अनुसन्धानपछि लेख्नुभएको उक्त पुस्तकमा मन्दिरमा टुँडालको महत्व, काष्ठमाध्यममा प्रेमकलाका विषय, कलाकारिताको लामो ऐतिहासिक पक्षका साथै कामोत्तेजक चित्र संग्रह गरिएको छ ।

प्राध्यापक डा अभि सुवेदीले प्राचीन समयमा काठमाडौँ उपत्यकाको धार्मिक यथार्थता तथा संस्कृतिभित्रको सिर्जनाका साथै कलाकारको शिल्पबारे अध्ययन गर्न पुस्तक महत्वपूर्ण रहेको बताए ।

मण्डला बुक सेन्टरका अध्यक्ष माधवलाल महर्जनले लिच्छविकालीन र मल्लकालीन समयमा विकास भएको काष्ठकला र तत्कालीन धार्मिक मान्यतालाई बुझ्न कृति उपयोगी हुने विश्वास व्यक्त गर्दै धार्मिक पर्यटक वृद्धि गर्न पुस्तकले सहयोग पु¥याउने बताए ।

लेखक दासले प्राचीन समयमा पनि नेपालमा प्रचलित तान्त्रिक पक्ष र धार्मिक विश्वासका आधारमा निर्माण भएका मन्दिर तथा सम्पदास्थलको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा जानकारी गराउने उद्देश्यले कृति तयार पारिएको जानकारी गराए ।