सूचना प्रविधि

प्रदेशस्तरीय साइबर सुरक्षा सम्मेलन

नेपालगन्ज । कम्प्युटर एसोसिएसन महासंघले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय साइबर सुरक्षासम्बन्धी सम्मेलनका सहभागीले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्नेमा जोड दिएका छन् ।

सम्मेलनमा सूचना प्रविधिको युगमा प्रविधिको प्रयोगमा देखिएका चुनौती तथा साइबर सुरक्षाका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुतसमेत गरेका थिए । सम्मेलन उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सूचना प्रविधिको विकासले प्रशस्त अवसर सिर्जना गरेपनि सुरक्षा पनि थपिँदै गएको बताए।

सम्मेलनमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सुरक्षा अधिकारीको सहभागिता थियो ।