साहित्य

काठमाण्डौमा बहुभाषिक कवि गोष्ठीको आयोजना हुंदै

काठमाण्डौ । जनआन्दोलन दिवशको अवशरमा बृहद कविगोष्ठीको आयोजना हुने भएको छ । प्रदेश सभा साँसद रामेश्वर फुयालको पहलमा चैत्र २६ गते सोमबार राष्ट्रिय शहीद पार्क गोकर्ण जगडोलमा दिउसो ११ बजेदेखि वहुभाषिक कवि गोष्ठीको आयोजना हुने भएको छ आयोजकले बताएको छ ।

प्रतिष्ठीत शाहित्यसम्बन्धी अभिनव, ज्योति, तरेली, सुरभि घुम्ती शैली, आदि धेरै संस्थाहरूको संयुक्त आयोजनामा प्रदेश ३ स्तरीय बहुभाषिक कविहरूलाइ प्रतिनिधिमूलक रूपमा सहभागि गराइ, संक्षिप्त भाषिक चर्चासमेत हुने गरी वृहत् कवि गोष्ठि हुने भएको छ ।

यस प्रदेशका नेपाली, तामाङ्र र नेपालभाषा गरी मुख्य तीन र यस प्रदेश अन्तर्गत बोलिने अन्य मातृभाषाका कविहरूका कविता समावेश गरिनै भएकोले त्यस्ता कवि कवयित्रीहरूले नेपाली अनुवाद सहित उपस्थित हुने आयोजकको अनुमान छ ।

आयोजकले उक्त कविता गोष्ठाीमा भाग लिन चाहनेले निम्न नम्बरमा सम्पर्क गर्नहुन अनुरोध समेत गरेको छ मोवाईल नम्बरहरु ९८४३२३४४५०, ९८५१११८३४९, ९८४१२३७१०५,९८४१७३५९७१, ९८६१७३४५५६, ९८४१२५६९८२ रहेका छन् । ईच्छुकले गा.ेष्ठीको अघिल्लोदिन अथवा चैत्र १५ गते भित्र खबर गरि नाम टिपाउपर्नेछ ।