समाचार

कतारमा दर्जनौं युवाहरुको विचल्ली, मानव तस्करी गर्ने दलालहरु सम्पर्क विहिन

दोहा, कतार । मानव तस्करीको लर्को संसार भरि फैलिएको छ । त्यसमा विशेष गरी महिला र सोझा साझा युवाहरु फस्ने गरेका छन् । यसको पछिल्लो उदाहरण हो कतारमा विचल्लीमा परेका दर्जनौ युवाहरु ।

पिडितका अनुसार आफुहरुलाई करिब जनही २ लाख रुपैया लिएर कतारमा राम्रो रोगजारी लगाइदिने भनि झुक्याएर फसाएको उनीहरुले बताएका छन । नेपालमा रहेको मानव तस्करीका दलालहरु कृष्ण बहादुर लामा, आशिष दाहाल, गोपाल बुढाथोकी र टिका थापा अहिले फरार छन् ।

कतरामा कतारी रियाल १८ देखी २ हजार सम्मको काम लगाइदिने झुटो आसा देखाइ उनीहरुलाई ति दलाले कतार पुर्याएर अलपत्र पारेको उनीहरुले बताएका छन् , । जानु अघि उनीहरुले राम्रो रोजगारी पाउने आशमा जनहि १लाख ८० हजार देखि २ लाख ३५ हजार सम्म दलाललाई बुझाएको बताएका छन् ।
हाल सम्म पनि कुनैपनि काम नपाएको र आफुहरुले बारम्बार फोन सम्पर्क गर्दा कुनै दलालहरु सम्पर्कमा नआएकाले उनीहरुले बताए ।

यसरी महिनौ अलपत्र परेका उनीहरु अहिले नेपाली दूताबासको शरणमा गएका छन । तर दूताबासले उनीहरुको कुरा सुन्नै चाहेन । दुतावासले केही गर्न सक्दैन तपाईलाई जसले पठाएको उसैसँग सम्पर्क गर्नु होस भनि फिर्ता पठाएको उनीहरुको गुनासो छ ।

मानव तस्करीका एक आशिष दाहाल कतारमै रहे पनि उनलाई नियन्त्रण लिई सोध पुछ गर्न दूताबासले कुनै चासो दिएन । त्यसपछि दाहाल नेपाल आई फरार रहेको उनीहरुले बताएका छन ।

यसरी मानव तस्करको जालमा परि अलपत्र परेका उनीहरु केही दिन अघि विवेकशिल साझा पार्टी कतार इकाइको सम्पर्कमा पुगेका थिए । इकाईले मानव तस्करका नाइकेहरुलाई कडा कारवाही गर्नु पर्ने र पिडितलाई न्याय दिलाउनु पर्ने माग गरेको सुरेश भट्टले बताएका छन् ।

अहिले यी दर्जनौ युवाहरुलाई कतारमा अलपत्र पार्ने दलालहरु कृष्ण बहादुर लामा, आशिष दाहाल, गोपाल बुढाथोकी र टिका थापा अहिले फरार छन् । पिडितले प्रहरीलाई सबै प्रमाण सहित उजुरी दिई दलालहरुलाई पक्राउ गरी कारवाही सहित आफुले दिएको रकम फिर्ता गर्न लगाउने बताएका छन् ।