पर्यटन/संस्कृति

नयाँ पर्यटन गन्तव्यको पहिचानमा काम थाल्ने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयद्वारा संयुक्त रुपमा गत फागुन २३ गते आयोजित ‘प्रदेश नं ४ मा खेल पर्यटनको सम्भावना’ विषयको अन्तक्र्रियाका सुझाव तथा निष्कर्ष उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठकको नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको २५ बुँदे सुझाव तथा निष्कर्षसहितको प्रतिवेदन ग्रहण गर्दै मन्त्री बस्नेतले छिट्टै मन्त्रालयले प्रदेशका गतिविधि र विकासका कार्यलाई तदारुकताका साथ कार्यान्वयनमा अघि बढाउन उद्योग, वन, पर्यटन, आपूर्ति, विज्ञान तथा प्रविधि, वातावरणलगायत विषयमा विषयगत विज्ञबाट सुझाव संकलन गर्ने र पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यको पहिचानमा काम थाल्ने जानकारी दिए ।