शिक्षा

विद्यालय भवन पुनःनिर्माण

नुवाकोट । तार्केश्वर गाउँपालिका–६ गोस्र्याङस्थित भमरा आधारभूत विद्यायलमा रुम टू रिडले निर्माण गरेका नयाँ भवन आजदेखि सञ्चालनमा ल्याइएको छ ।
वैशाख १२ को भूकम्पले विद्यालयका सबै कक्षाकोठा पूर्ण क्षति भएपछि पुनःनिर्माणअन्तर्गत अभिभावकको श्रमदान र संस्थाको रु ७५ लाख ४५ हजार लगानीमा बनाइएको दशकोठे नयाँ भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उद्घाटन गर्दै विद्यालयले मातृभाषा तथा पेशागत शिक्षामा जोड दिनुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष रमेश वस्तीले शिक्षा क्षेत्रमा पर्याप्त बजेट भएकाले विद्यालयले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहेमा आर्थिक स्रोतको समस्या नहुने आश्वासन दिए ।

रुम टू रिडका जिल्ला प्रबन्धक सुशील तिमल्सिनाले विद्यालयमा पुस्तकालय, अभ्यास सिकाइलगायतका सहयोग कार्यक्रम जारी राखिने जानकारी दिए ।

भूकम्पले भवन क्षति बनाएपछि खुला स्थानमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीलाईसमसामयिक एवम् रचनात्मक क्रियाकलापमा पनि केन्द्रित गराउन लागिएको प्रअ ईश्वर अर्यालले बताए ।