उर्जा

नहर भत्किँदा विद्युत् अवरुद्ध

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नगर भत्किँदा आजदेखि विद्युत् अवरोध भएको छ ।

नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्यांकी निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत्का व्यवस्थापक दयाराम पण्डितले जानकारी दिएका छन् ।

व्यवस्थापक पण्डितका अनुसार खानेपानीको ट्यांकीको भित्ताको पर्खाल भत्किँएपछि विद्युत् सेवा अवरोध भएको हो ।

विद्युत अवरोध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय प्रभाबित हुनाका साथै जिल्लामा सञ्चालन हुँदै आएका रेडियो र पत्रपत्रिका समेत बन्द हुनेभएका छन् भने विद्युत् ग्राहक समेत मर्कामा परेका छन् ।

विद्युतको नहर भत्किँएका कारण पुनःनिर्माण गर्न दुई दिन लाग्ने भएको उहाँले बताउनुभयो । विद्युत् अवरोधका कारण जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको दैनिक कामकाज ठप्प हुनेभएको छ ।