राजनीति

लामालाई स–सममान रिहा गर्न काभ्रे काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।” उनले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उहाँमाथिको अभियोग खारेज गर्न पनि माग गरे ।