खेलकुद

भलिबल प्रदेशस्तरिय प्रतियोगिता

इटहरी । इटहरी रङ्गशालामा प्रारम्भ भएको मेयरकप राष्ट्रिय पुुरुष भलिबल खेलअन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश ४ ले प्रदेश ६ लाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

नक आउटका आधारमा सञ्चालित खेलअन्तर्गत आज भएको पहिला खेलमा प्रदेश नं। चारको टिमले प्रदेश ६ को टिमलाई २५–६, २५–१६ र २५–२३ अंकको सोझो सेटमा पराजित ग¥यो ।

क्षेत्रीय भलिबल संघको आयोजना तथा इटहरी उपमहानगरपाालिकाको प्रमुख प्रायोजनामा सुरु भएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको छ ।

यसैगरी आजै भएको दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई २५–९, २५–९ र २५–१६ अंकको सोझो सेटमा पराजित ग¥यो ।

आजै भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश ७ लाई पराजित ग¥यो ।

प्रदेश १ ले प्रदेश ७ लाई २५–१९, २५–१७ र २५–२० अंकको सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगिता विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो स्थान प्राप्त गर्नेले रु २० हजार पुरस्कार पाउने संघका अध्यक्ष विश्वराज धितालले जानकारी दिए ।