आर्थिक

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा

काठमाडौं । नेपालस्थित आइएमई र भारत स्थितमुथुत फाइनान्सले सालचैत्र १ गतेदेखि भारत–नेपाल रेमिटेन्स सेवाशुरुवात गरेका छन् । यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिनेछ नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंकखातामा जम्मा गर्ने सुविधापनि प्राप्तगर्न सकिनेछ। नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंकयो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।

भारत–नेपाल रेमिटेन्ससेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक केआर बिजिमोनर नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्गलगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवैसंस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधनगर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले, नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौता पछि भारतमा रहेकाकरिब ५० लाख नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

“आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको छ” भन्दै आइएमईका प्रतिनिधि सुभास तामाङ्गले आइएमई र मुथुत फाइनान्सबिच भएको सहकार्यले गर्दा भारतबाट नेपालमा पैसा पठाउन अत्यन्त सहजहुने विश्वास व्यक्त गरे ।“आइएमई र मथुतबीचको सहकार्यले इण्डो–नेपाल रेमिटेन्स सेवालाई थप विविधिकृत बनाउन ठूलो मद्दत पुग्नेछ,”भन्ने धारणा समेत तामाङ्गले व्यक्त गरे ।

नेपालस्थित आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच गतमङ्गसिर महनिामा रेमिटेन्स सम्झौता भएको थियो । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोन र आइएमईका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।