समाचार

प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान

काठमाण्डौ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयले उपरथी दर्जामा पदोन्नती भएका युद्धकार्य निर्देशनालय, बलाधिकृत विभागका निर्देशक सहायक रथी काजी बहादुर खत्रीलाई आज जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नती भएका उपरथी खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजकको जिम्मेवारी दिईएको छ ।