शिक्षा

शिक्षक संघ सप्तरीमा मण्डल

राजविराज । नेपाल शिक्षक संघ, सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डलको नेतृत्वको प्यानलै विजयी भएको छ । बुुधबार साँझ सम्पन्न निर्वाचन परिणमअनुसार मण्डलले ८७६ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्द्वी सूर्यनारायण यादवले ५५७ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा अरहुलकुमारी साहले ८८९ मत प्राप्त गरी विजयी भएक छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी चित्रलेखा देवले ५२६ मत प्राप्त गरेका छन्।

अर्का उपाध्यक्ष भगवतीप्रसाद चौधरी ८८३ मत प्राप्त गरी विजयी भएक छन् । सचिवमा विश्वनाथ भदेश्वार यादवले ८४६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी श्यामकुमार चौधरीले ५७१ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक विद्यानन्द झाले बताए ।

यस्तै, अर्थ सचिवमा पञ्चदेव चौधरी, सचिव (महिला) मा रञ्जना यादव, र सचिव पुरुषतर्फ लक्ष्मण मेहता विजयी हुनुभएको निर्वाचन समितिका संयोजक झाले जानकारी दिए ।

सचिव अर्थ (महिला)मा शोभा यादव, सचिव (समावेशी)मा छत्रनारायण यादव र सुन्दर रजक विजयी भएका छन् ।

सदस्यमा मो असगर, गजेन्द्र मण्डल, सूर्यनारायण ठाकुर, विनयकुमार यादव, आशा यादव, सुशीला चौधरी र सुनिता चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

संघीय प्रतिनिधितर्फ पर्शुराम यादव, महेन्द्रप्रसाद यादव, प्रमोद कटुवा, विनोदकुमार साह विजयी भएका छन् भने संघीय प्रतिनिधि महिलातर्फ गीता चौधरी र कामना ठाकुर विजयी भएको बताइएको छ ।

प्रदेश प्रतिनिधितर्फ शोभाकुमारी यादव, पुष्पा देव, सत्यनारायण यादव, दिनेशकुमार मण्डल, अनुजकुमार गुप्ता, धर्मदेव साह, जगदीशप्रसाद यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ ।