देश

तेह्र वर्षकै उमेरमा बालविवाह !

जाजरकोट । गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए ।

भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको सहयोगमा छोरीको पोइली घरबाट फागुन ३० गते नै छोरी फिर्ता ल्याएका छन् ।

बालविवाह गरेर छोरीको पढाइ, स्वास्थ्यसमेतमा हानिनोक्सानी हुने जयलालको दाबी छ । गाउँगाउँमा बालविवाहबाट हानिनोक्सानीका विषयमा अभिभावक सचेत बन्दै गएको पाइएको छ ।