समाचार

गौसालाको भिजन होटलमा गोली चल्यो, डन गणेश लामा पेस्तोल र ६ गोलीसहित प्रहरीको कब्जामा

काठमाण्डौ । काठमाण्डौको गौसालाबाट गुण्डानाईके गणेश लामालाई प्रहरीले समातेको छ । ०७० को निर्बाचनमा काभ्रेबाट मधेशी जनअधिकार फोरम लोकतान्त्रीक र ०७४मा काँग्रेसबाट निर्बाचन समेत लडेका लामालाई पक्रदा प्रहरीले गोली चलाएको समाचार छ ।

डन लामालाई एक पेस्तोल र ६ वटा गोलीसहित पक्राउ गरिएको काठमाण्डौ प्रहरिका डीएसपी मोहन थापाले बताएका छन् । कुमार घैंटे र दिनेश अधिकारी चरीलाई इन्काउण्टरमा मारेको प्रहरीले पछिल्लो समयमा अपहरण, धम्की लगायतका मुद्धा भएको आरोपमा डन गणेश लामामाथी आक्रमण गरेको हो ।

काठमाण्डौको पींगलास्थानस्थीत पशुपति भीजन होटलमा प्रहरीले चलाएको गोलीले कसलाई लाग्यो भन्ने भने जानकारीमा आएको छैन ।