राजनीति

पदमुक्त प्रधानन्यायधीशद्वारा राष्ट्रपति भण्डारीलाई ख्वाएको सपथ बैधानिक कि अबैधानिक!

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रधानन्यायधीशले नबनिर्बाचित राष्ट्रपतिलाई सपथ ख्वाउनुभन्दा अगाडी नै पदमुक्त भएका
थिए ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी थिए ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसले प्रधानन्यायधीश पराजुलीलाई बखास्तगी गर्नु वा महाअभियोग लगाउनु गलत बताएको केही घण्टामा नै पराजुलीलाई न्यायपरिषदले पदमुक्त गरेको थियो ।
प्रधान न्यायधीश पराजुली संयोजक रहने न्यायपरिषदले कसरी उनलाई नै बर्खास्तगी गर्यो यो पनि सोचनीय कुरा देखिन्छ । यदी प्रधानन्यायधीश पराजुली अबैधानी भएर पदमुक्त भएको मान्यता पाए, राष्ट्रपतिको सपथले बैधानिकता पाउने वा नपाउने त्यो पनि सोचनीय होला । जे होस न्यायपालिकाको बिबाद छताछुल्ल भएको छ ।