समाचार

राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिईन् ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालको राष्ट्रपति पदमा निर्वाचन भएकामा राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरे ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सफल कार्यकालका लागि शुभकामना दिएका थिए । हिजोको निर्वाचनमा राष्ट्रपति भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकी थिईन् । उनका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेकी थिईन् ।