राजनीति

युएस बंगला बिमान दुर्घटनामा मृत्यु हुनेप्रति काँग्रेसद्वारा दुःख ब्यक्त

काठमाण्डौ । नेपाली काँग्रेसले युएस बंगलाको बिमान दुर्घटनामा मृत्युहुनुहरुप्रति हार्दिक समबेदना अर्पण गरेको छ ।

एक बिज्ञप्ती जारी गर्दै, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बाङ्ला एयरवेजको विमान दुर्घटनाको खबरले हामीलाई दुःखीत तुल्याएको छ । व्यवस्थित उद्धार कार्य र घाइतेको सम्पूर्ण उपचारका अतिरिक्त दुर्घटनाको गहिरो छानविन गर्न हामी सरकार समक्ष आग्रह गर्दछौँ ।

घटनामा परि दिवंगत हुनु भएका सबै प्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

यस घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति शेरबहादुर देउवाले पीडितका परिवारजनप्रति सहानुभूति प्रकट गर्नु भएको छ । साथै, उद्धार कार्यलाई तीव्र पार्न सम्बन्धित निकायलाई समेत अनुरोध गर्नु भएको छ” पार्टी मुख्यसचिब कृष्णचन्दै पौडेलद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ।