समाचार

लागू पदार्थ चरेशसहित घर्ती र रोक्का रङ्गे हात पक्राउ

काठमाण्डौ । काठमाण्डौ प्रहरीले ठूलोमात्रामा चरेस कारोबारमा संलब्न ब्यक्तीलाई प्रकाउ गरेको छ । भारतवाट रक्सोल तथा अन्य नाकाहरुवाट काठमाडौ जिल्लामा विभिन्न प्रकारका लागू पदार्थहरु भित्रिने र सो लागू पदार्थ होटल तथा रेष्टुरेन्टहरुमा वसि सेवन गर्ने र वेच विखन समेत गर्ने भन्ने सुचना यस परिसर काठमाडौमा प्राप्त भए पश्चात परिसर मातहत वृत्त प्रभागहरुलाई समय समयमा होटल तथा रेष्टुरेन्टहरुमा लगायत शंकास्पद स्थानहरुमा चेकजाँच गर्न जानकारी गराए पश्चात महानगरिय वृत्त दरवारमार्गवाट विशेष सुचनाको आधारमा प्रकाउ गरेको हो ।

काठमाण्डौ महानगरपालिका लाजिम्पाट स्थित द–ईम्पिरियल क्याफेमा चेकजाँच गर्ने क्रममा निम्न व्यक्तिवाट निम्न परिमाणको लागू पदार्थ चरेश वरामद भएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला रोल्पा तालावाङ–५ घर भई हाल नवलपरासी गैडाकोट वस्ने ३२ को विजय घर्ति मगर, जिल्ला म्यादी बाबियाचौर –४ घर भई हाल कास्की नदिपुर वस्ने वर्ष ३० को सुमन रोक्का मगर रहेका छन् ।