राजनीति

 कारबाही गर्ननिर्देशन दिएको भोलीपल्ट बिबादास्पद मेयरमाथी आज्ञात ब्यक्तीद्वारा मेयरमाथी गोलीप्रहार

काठमाण्डौ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथी गोली प्रहार गरिएको छ । गोली प्रहारबाट घाईते भएका चौधरीलाई साँझतिर मोटरसाईकलमा आएका आज्ञात ब्यक्तीले गोली प्रहार गरेका थिए ।

घाईते चौधरीलाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा उपचार भएपनि स्थीति असामान्य भएकाले काठमाण्डौ वा अन्य सुबिधायुक्त अस्पताल लाने तयारी भईरहेको बताईएको छ ।

मेयर चौधरी, बोक्सीको आरोपमा कुटपीट भएकी राधा चौधरीसंग जोडिएर बिबादमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कारबाही गर्न निर्देशन दिईसकेका बिबादास्पद ब्यक्ती हुन् ।

मेयर चौधरीलाई गोली प्रहार भएको प्रदेश नं. ७ का प्रहरी प्रमुख एआईजीपी माधब प्रसाद नेपालले पुष्टी गरेका छन् ।