समाचार

बिमानका को को सवार थिए त ?

काठमाण्डौ । अपरान्ह भएको बिमान दुर्घटनामा जम्मा ७१ जना यात्रु रहेको समाचार छ । जसमा ४ जना चालक दलका सदस्य, ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालयले बताएको छ ।

बंगालादेशबाट फर्किएका ३१ जना नेपाली र बाँकी बिदेशी रहेको बताईएको छ । अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी चलिरहेको देखिन्छ ।

नेपाली समेन, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकनयका अधिकारीहरु उद्दार गर्न लागिपरिरहेका छन् । बिमानमा सवार केही बाहेक सबैको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ ।