समाचार

युएस बंगला दुर्घटनामा तीन दर्जन यात्रुको मृत्यु भएको पुष्टी, संख्या अझै बढ्न सक्ने

काठमाण्डौ । त्रिभूबन बिमानस्थलमा अवतरणको क्रममा ३१ जनाको मृत्यु भईसकेको पुष्टी भईसकेको छ । बिमान्स्थलका एसएसपी पुर्णचन्द्र जोशीका अनुसार ३१ जनालाई केएमसी, नर्भिक, टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ । डेडबडीहरु प्रहरीको नियन्त्रणमा छन् ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । प्रधानमनत्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायत बिशिष्ट अधिकारीहरुले घटनास्थलको भ्रमण गरेर घटनाको बारेमा जानकारी लिईसकेका छन् । प्रधानमन्त्रीले घटनाको उद्दारमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायहरुलाई निर्देशन दिईसकेका छन् ।
राजधानीमा मौसम चिसो भएपनि सुरक्षा निकायहरु उद्दारमा सकृय भएका देखिन्छन् । बंगालादेशबाट नेपाल आएको बिमान त्रिभूबन बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।