समाचार

सिआईबीको अप्रेशन अन्तर्गत अन्तर्गत फरार राजन महर्जन पक्राउ

काठमाण्डौ । होम प्रसाद ढुङ्गानाको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी राजन महर्जन पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतको मिति २०७३।११।१० गतेको फैसलाले साविक जिल्ला भक्तपुर, बालकोट गा।वस वडा नं.-५ घर भई हाल अनन्तलिङ्गेश्वर न.पा.वडा नं. ३ बस्ने बर्ष २८ को राजन महर्जनलाई २ बर्ष कैद हुने ठहर भएको र उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेकामा निजलाई यस ब्यूरोको टोलिले सिआईबीको अप्रेशनअन्तर्गत अन्तर्गत फरार राजन महर्जन पक्राउ बालकोट, भक्तपुरबाट पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाईएको सिआईबीले जनाएको छ ।
मिति २०७३ जेठ १३ गते बेलुका अन्दाजी २०ः१० बजेको समयमा जाहेरवाला होम प्रसाद ढुङ्गाना र निजकी श्रीमती जानुका भन्ने भगवती ढुङ्गाना आफ्नो पसल बन्द गरी कोठातर्फ जाँदै गर्दा काठमाण्डौ महानगरपालिका वडा नं.३५ मुनिभैरव स्थित सडकको जेब्रा क्रसिङमा जाहेरवाला होम प्रसाद ढुङ्गाना साइकल लिई अगाडी र निजकी श्रीमती पछाडी पैदल हिड्दै गरेको अवस्थामा प्रतिवादी राजन महर्जनले लापरवाही तवरले तिब्र गतिमा चलाई ल्याएको ना।३ ख ४९५३ नं. कन्टेनरले ठक्कर दिई जानुका भन्ने भगवती ढुङ्गाना घाइते भएको र उपचारको लागी बि एण्ड बि अस्पताल ललितपुर लगेकोमा उपचारको क्रममा मिति २०७३।०२।१८ गते मृत्यु भएको थियो ।