आर्थिक

माछापुच्छ्रेको स्मार्ट बचतको साथमा स्मार्ट सुविधा निःशुल्क

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एम. बि. एल. स्मार्ट बचतखाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रु ५,००० बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ ।

उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्तगर्ने छन् । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइलमनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामासमेत ५० प्रतिशत छुटप्राप्त गर्न सक्ने छन् । उक्त खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने छन् ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।