आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंक र ईनाईन पे कम्पनीबिच सम्झौता

काठमाण्डौ । दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक (पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित E9Pay Co. बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ ।

यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी E9Pay  को Mobile App प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । E9Pay को MobileApp Google Playstore बाट download गरि आफ्नो mobile मा install गर्न सकिन्छ । साथै भ्ढएबथ को दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिन्छ ।

E9Pay मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंक लि.को खातामातुरुन्तै जम्माहुनेछ, साथै अन्य वाणिज्य तथाविकास बैंकको खातामापनि रकम जम्मागर्न सकिन्छ ।

E9Pay मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्तगर्न सकिन्छ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्तगर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।

देशकाविभिन्न ठाउँमा रहेका ६६ वटा शाखा र ९८ वटा एटिएम मार्फत आफ्नो सेवादिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक र दक्षिण कोरियास्थित E9Pay बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिट मार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको Axis Bank र अमेरिकाको Paypal (XOOM) संग पनि विप्रेषण सम्झौतागरि कारोवार सुरु गरिसकेको छ । साथै नेपाल इन्भेष्टमेण्ट बैंकले पृथ्वी रेमिटमार्फत रकम भुक्तानीगर्न साउदी अरेबियामा Bank Albilad (Enjaz), यू.ए.इ मा UAE Exchange, Wallstreet Exchange र Al Ahaliya Exchange, कतारमा City Exchange र Gulf Exchange र यूरोप तथा अन्य मुलुकवाट सेवादिन Transfast Remittance सँग सहकार्य गर्दै आएको छ ।