अन्तर्राष्ट्रिय

आर्थिक विकास मेरो कार्यकालको उपलब्धि– राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भनेका छन् । उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गरेको बताइएको छ ।
राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको एक अन्तरवार्तामा सो दाबी गरेको समाचारमा जनाइएको छ ।

उनले सो अन्तरवार्तामा भनेका छन्– हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् ।

उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि बताए ।

देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको दाबी उनले गरे । उनले भने– देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ ।

राष्ट्रपति पुटिनले हामीले देशको गरिबीलाई कमगर्न गरिब र धनीबीचको अन्तरलाई पनि कमगर्ने कार्यक्रमहरु सुरु गरिएको पनि सो अन्तरवार्तामा बताएका छन् ।