समाचार

अवैध १६ किलो २५० ग्राम चाँदीका गरहना सहित पक्राउ

काठमाण्डौ महानगरपालिका वडा नं. २३ झोछेमा भन्सार छली चोरी पैठारी गरी सुनचाँदीको अवैध कारोवार हुदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा तत्काल मनप्र वृत्त जनसेवाको विशेष टोली र पि.सि.सि.वि. सहितको प्रहरी टोलीले आईतबार अं.१४ः३० वजेको झोसे ईलाकामा परिचालन भई निग्रानी गरि शंकास्पद तवरले पिठ्ठुमा झोला बोकी हिडडुल गरि रहेको अवस्थामा शंका गरि चेकजाँच गर्दा निम्न व्यक्तिहरुसंग निम्न १६ किलो २५० ग्राम चाँदी सहिद नगद रु ९८, हजार ५ सय समेत बरामद भएकोले निजहरुलाई पक्राउ गरि महानगरिय प्रहरी वृत्त जनसेवामा लगि अ.अ कार्य गर्दा उक्त चाँदीको गरगहनाको विल एंव नगद रकमको स्रोत माग गर्दा प्रमाण पेश गर्न नसकेको हुदा चाँदीका गरगहना तथा नगद निजको साथबाट कानुन बमोजिम रितपुर्वक बरामद गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.२ श्रीराम हल नजिक स्थायी वतन भई हाल का।जि। नागार्जुन नगरपालिका वडा नं.७ सितापाईला बस्ने बर्ष ४० को सुरेश सर्राफ, सुरेश सर्राफ संगै रहेका जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं।३ छप्कैया बस्ने बर्ष ३० को कृष्णा सर्राफलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

सुरेश सर्राफवाट वरामद भएका चाँदीको फेन्सी पाउजु, कम्मरमा लगाउने साडि बोल्ट, चाबी रिङ्ग लगाएतका विभिन्न किसिमका गरगहनाहरु गरी १६ किलो २५० ग्राम साथै निजको साथबाट नगद रु ९८ हजार ५००।–समेत बरामद भएको छ ।