आर्थिक

सिभिल बैंकको लमजुङमा थप दुई शाखा संचालन

काठमाण्डौ । सिभिल बैंकले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमादूधपोखरी गाउँपालिका ६, गौंडामा २०७४ फाल्गुन २६ गते र ५७औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङमा २०७४ फाल्गुन २७गते छुट्टाछुट्टै कार्यक्रमबिच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले समुद्घाटन गरे ।

उक्तशाखाहरुको उद्घाटन समारोहहरुमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मी, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाकाअध्यक्ष प्रेम बहादुर घले, क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेस गुरुङ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको  उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुननसक्ने बताउनु हुँदै स्थानीय तहमा बैंकको आवश्कतामहसुस गरेर नेपाल राष्ट्रबैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीतिअनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नकालागि नेपाल राष्ट्र बैंकले निर्देशनजारी गरेको बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । ग्रामीण भेगकानागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । नेपाल राष्ट्र बैंकले हरेक महानगरपालिका/नगरपालिकार/गाउँपालिकामा बित्तीय पहुँच पु¥याउने नीति अनुरुप सिभिल बैंकले हालसम्म कुनैपनि बैंकको पहुँच नपुगेको ठाउँहरुमा शाखा बिस्तारगर्दै गरेको बताए ।

कार्यक्रममा स्थानीयले पञ्चेबाजासहित स्वागतगर्दै स्थानिय स्तरमासिभिल बैंकले शाखाखोलेकोमा खुशी व्यक्त गरेको थियो । साथै आमा समूह, युवाक्लव, बाल समूहले साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन दिलाएका थिए ।

सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु.२१ करोड ६५ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ३१% को बृद्धि हो) खुदनाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुलशाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।