स्वास्थ्य

दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण

मंगलबारे, इलाम । नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा विद्यार्थीलाई मोबाइल वितरण गरिएको संघका अध्यक्ष पदम सुब्बाले बताए ।

उनीहरुलाई पढाइमा सहयोग गर्ने उद्देश्यले मोवाइल वितरण गरिएको बताइएको छ । दृष्टिविहीन विद्यार्थीले प्रयोग गर्ने विशेष प्रकारको सफ्ट्वेर हुने भएकाले उक्त सफ्ट्वेर एन्ड्रोइड मोबाइलमा मात्र चल्ने बताइएको छ । इलाम सदरमुकामस्थित बालमन्दिर प्राविमा दृष्टिविहीन विद्यार्थीलाई आवासको व्यवस्था मिलाइएको छ ।