समाचार

चौधरीमाथि भएको अत्याचारको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग

काठमाडौँ । मानवाधिकार तथा शान्ति समाजले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलीमा यही फागुन २४ गते स्थानीय किशोरी राधा चौधरीमाथि भएको अत्याचारको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

समाजका सभापति डा गंगाधर अधिकारीले मानव गरिमा सभ्यताविरुद्ध रहेको उक्त घटनाले सम्पूर्ण नेपालीलाई लज्जित बनाएको भनिएको छ ।

दण्डहीनताका कारण यस्तो घटना मुलुकका विभिन्न स्थानमा पटकपटक दोहोरिँदै आएको हुँदा घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

यस्ता घटनामा स्थानीय समाजको संलग्नता, राजनीतिक समाजको संरक्षण र प्रहरी प्रशासनको मौनता देखिनु दुर्भाग्यपूर्ण र निन्दनीय रहेको भन्दै दोषीलाई संरक्षण प्रदान गर्ने राजनीतिक समाजका प्रतिनिधिलाई सम्बन्धित राजनीतिक दलले सदस्यता खारेज गर्न विज्ञप्तिमा भनिएको छ ।

मिलापत्रको नाममा यस्ता अपराधलाई ढाकछोप गर्ने प्रहरी/प्रशासनलाई तत्काल निलम्बन गरी सम्बन्धित निकायलाई आग्रह गर्दै पीडित किशोरी र परिवारलाई क्षतिपूर्ति र हासिल गर्न चाहेको सम्पूर्ण शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नसमेत सरकारसँग माग गरिएको छ ।