आर्थिक

सुजुकीको पहिलो रिटेल मिट सम्पन्न

काठमाडौं । सिजी मोटोकर्पको नेपालकालागि आधिकारीक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ । रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए ।

सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणागर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन्धी आफूलाई लागेको जिज्ञासा राखेका थिए । सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टसका ग्राहकहरुमा सरल तरिकावाट उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोग र त्यसका फाइदाबारे जानकारी गराएका थिए । देशभर छरिएका सुजुकिका रिटेलरकै कारण उपभोक्ताले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाउन सकेको उनले बताए ।