समाचार

जुवा खेलिरहेको अवस्थामा ७ जना लाई नगद सहित पक्राउ

काठमाण्डौ । काठमाण्डौ प्रहरीले गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्र।नि प्रताप पौडेल सहितको टोलीले शनिबार राति अं.१४ः३० बजेको समयमा का.म.न.पा. वडा नं. २६, गोंगबु, मित्रनगर स्थित कालो वंगुरको सेकुवा घरमा निम्न ७ जना खेलिरहेको अवस्थामा नगद रकमः १ लाख ४७ हजार १०० नेपाली रुपैंयासहित तास १ थान सहित पक्राउ गरी अनुसन्धान भईरहेको जनाएको छ ।
जुवा खेको अभियोगमा पक्राउ पर्नेहरुमा शैलेन्द्र खड्का ,संजय कुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ, विष्णु श्रेष्ठ, सुरज थापा, इन्द्र थापा रहेका छन् भने जुवा खेलाएको अभियोग लागेका कालो वंगुरको सेकुवा घरका मालिक अर्जुन ठकुरी फरार रहेका र प्रहरीले खोजी कार्य जारी राखेको बताईएको छ ।