पर्यटन/संस्कृति

हिमालय एअरलाइन्सले आफ्नो तेस्रो वार्षिकोत्सव

काठमाण्डौ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्सले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा मार्च ९, २०१८ माआफ्नो तेस्रो वार्षिकोत्सव मनायो ।

विगतका दुई वर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरुसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन् र दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७मादक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्तगर्दै सम्मानितहुन सफल भएको छ ।

यो उत्सवलाई मनाउने क्रममामार्च ९, २०१८ मा यस एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरिएको छ, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमाजारी रहने छ । सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमाक्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुनआह्वान/आग्रह गरिएको छ ।

प्रतियोगिता मार्च १९,२०१८ सम्ममात्र रहने छ । यो प्रबर्धनात्मक प्रतियोगिताको माध्यमबाट हामी हाम्रा ग्राहकहरुलाई हिमालय एअरलाइन्सको जहाजमा आतिथ्य अनुभव गर्ने मौकासहित पुरस्कृत गर्न चाहन्छौँ ।
त्यसैगरी, हिमालय एअरलाइन्समा सोहीदिन दोहा, दुबई र क्वालालम्पुरकालागि यात्रागर्नुहुने हाम्रा सम्पूर्ण यात्रुहरुसँग पनिजहाज भित्रै रेड भेल्भेटकपकेक वितरण गरी खुशीयाली साटासाट गरिएको थियो, एयरलाईन्सले जनाएको छ ।

सो अवसरमा प्रतिकृया दिदैँ हिमालय एअरलाइन्स प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने “महत्वपूर्ण उपलब्धिहरूसँगै अबहामी सगर्व भन्न सक्छौँ कि हिमालय एअरलाइन्स नेपालको निजी क्षेत्रको द्रुत गतिमा अगाडि बढेको एक अन्तर्राष्ट्रिय वायुसेवाहो जुन सर्वोत्कृष्टता हासिलगर्न सदैव प्रयासरत छ, चाहे त्यो हाम्रा उडानहरुको समय सीमाप्रभावकारितामाहोस् वाचाहे त्यो सबैभन्दा सजिलो एवम् प्रभावकारी समयको हवाईयात्रा सुनिश्चितगर्ने सवालमा होस् । हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा अथाह साथ दिनुहुने हाम्रा सबै यात्रुहरू, सहयोगीहरू रसरोकारवालाहरूलाई धन्यवाददिन चाहन्छौँ । साथै, लक्की ड्र प्रतियोगिताका सम्पूर्ण सहभागीहरू प्रति शुभेच्छा व्यक्तगर्दछौँ ।”

हिमालय एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला बढाउने तत्वको रुपमा पहिचान गरेको छ, त्यसैले हामीे संस्थाको प्रभावकारी सुरक्षा अभ्यासकालागि उपयुक्त स्रोत–साधन उपलब्ध गराउन पूर्णरुपले प्रतिबद्घ छौँ ।

विश्वव्यापी सुरक्षा मापदण्डहरूको अवलम्बनगर्ने तथा त्यसलाई कायम राख्ने हाम्रो यस सत्प्रयासलाई आइकाआ, जिएसिए, सिएएसी, रसिएएबी जस्ता विभिन्न नागरिक उड्डयन संस्थाले पनिसन् २०१७ मागरिएका अडिटहरुका क्रममा अनुमोदन गरिसकेको छ र आइकाओले  २०१३ मा उठाएका महत्वपूर्ण सुरक्षा चासोलाई मध्यनजर गर्दै नेपालमा नागरिक उड्डयन प्राधिकरणद्वारा नेपालमा कायमगरिएको उड्डयन सुरक्षा मापदण्डको नमुना सुनिश्चितताकालागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आइसीभिएम अडिटको निरन्तरताका क«ममा नेपालका केही वायुसेवाहरू मध्येबाट यस वायुुसेवालाई छानिएको थियो ।