आर्थिक

बैकर्ष संघको एनआईसी बिरुद्धको कारबाहीका बिरुद्धमा पूर्बअर्थमन्त्री डा. लोहनी, अध्यक्ष ढुंगाना सम्पर्कबिहीन

काठमाण्डौ । पूर्बअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले एनआईसी बैंकलाई बैंकर्ष संघले कारबाही गरेर गलत गरेको प्रतिकृया दिएका छन् । एनआईसी बैंकले ब्याजदर बृद्धि गरेपछि एकाएक रिसाएका बैंकर्षसंघका अध्यक्ष तथा नेपाल बंगालादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले केहिदिन अघिमात्र अन्तरबैकिङ कारोबार बन्द गर्ने निर्णय गरेपछि सामाजिक संजालमा आर्थिक क्षेत्र बिज्ञहरुको प्रतिकृया आउने क्रम रोकिएको छैन ।

बिज्ञहरुले सरकारको अनूभूति हुने काम नभएको, बैकर्ष संघको कार्टेलिङ छताछुल्ल भएको एनआईसीले बैंकको ब्याजदर तोक्ने निकाय बैंकर्ष संघ नभएको प्रतिकृया दिएको छ । राष्ट्र बैंक, अर्थमन्त्रालय लगायत सरकारी निकायले यस बिषयमा आधिकारिक धारणा नदिएपनि उनीहरु बैंकर्ष संघसंग सन्तुष्ट नरहेको बताईन्छ । केहि हप्ता अघिमात्र निर्बाचित भएका बैंकर्ष संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना मिडियासंग समपर्कमा आउन चाहदैनन् । उनले सुर्यखबरले गरेको टेलिफोन रिसिभ गरेनन् । उनको फोन धेरै ब्यस्त र सम्पर्क हुंदैन बल्ल बल्ल घण्टी गएको भएपनि उठाएनन् ।

अर्थबिद लोहनीले आफ्नो फेसबुक पेजमा, ‘बैंकहरु मिलेर ब्याज दर तोक्ने र सो भन्दा कसैले बढाउन नपाउने घोषणा गर्नु गैर कानुनी हो र कार्टेलिङको नमुना हो। नेपाल सरकार के हेरेर बसेको छ’ लेखेका छन् । आर्थिक क्षेत्रसंग सरोकार राख्ने पत्रकारहरु, तथा सर्बसाधारणहरुले बैकर्षसंघको बिरुद्धमा डा. लोहनीको स्टाटसमा कमेन्ट समेत गरेका छन् । डा. लोहनी सकारात्मक बिचार भएका अर्थबिदमा गनिन्छन् ।

राष्ट्र बैकले केहिदिन अगाडी बैकर्ष संघलाई दिएको निर्देशन बमोजिम एनआइसी बैंकले निर्णय गरेकोले एनआईसी बैंकलाई भन्दा बैंकर्ष संघलाईनै उक्त कार्यले अशर गर्ने देखिन्छ ।