मनोरञ्जन

कार पुरस्कार जित्ने लामाले अझै चाबी पाएनन् किन ?

काठमाण्डौ । नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाले पुरस्कार बापत जितेको कार अझै चढ्न पाएका छैनन् । पुरस्कार स्वरुप जितेको कारको चाबी हस्तान्तरण गरिएपनि सवारी धनी प्रमाणपत्र (ब्लूबुक) अझै उनको हात परेको छैन ।

कारको ब्लूबुक प्राप्त गर्न ८ लाख रुपैयाँ राजश्व तिर्नुपर्ने भएपछि उनले सामाजिक सञ्जालमा एउटा अडियो समेत सार्वजनिक गरेका छन् । अडियोमा उनले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए ।

उक्त कुरा बहिर आएपछी हामी यस सम्बन्धि कुरा बुझन उनको घरमा पुगेका छौ र बुद्ध लामाको बुबासंग कुराकानी गरेका छौ  ‘सबै भन्दा पहिले उनले दुख मान्दै भने ‘बाबु हामीलाई धेरैनै दुःख भयो आफुले पाएको पुरस्कार पाउन पनि चेक दियो जहिले बाउन्स हुने त्यो पनि २ पटक सम्म ३ पटकमा त्यो पनि सानो युद्धनै जिते जसरी बडो मुस्किलले उनि भन्दै जान्छन बैंकका सबै मान्छे हासे छोरो कालो र निलो हुदै फर्कियो ।