पु.समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

चितवन । पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि सवार महतो गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खैरहनी–५ फसेराका क्रिपेश महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइतेको अवस्था मध्यम रहेको छ ।