राजनीति

मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिने

बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोलि विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नछन् ।

यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधासम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् ।

फागुन १३ गतेका लागि पहिले तय भएको बैठकमा विजनेश नभएको भन्दै बैठक नै नबसी अघिल्लै दिन सूचना टाँसेर स्थगित भएको थियो ।