राजनीति

सुशासन र समृद्धि हाम्रो प्राथमिकताः मुख्यमन्त्री राई

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताएका छन्। रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिकोे बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

“प्रदेश नं १ मा ठूला/ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर रूपमा छलफल गरेर अगाडि बढनुपर्ने हुन्छ”–मुख्यमन्त्री राईले भने ।

उनले नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिला जनताको भावनाअनुरूप सबैको सल्लाह र सुझावको आधारमा प्रदेश नं १ को स्थायी राजधानी र नामाकरण गरिने बताउँदै मिडियालाई कुनै पनि बहानामा अंकुश लगाउन नहुने धारणा व्यक्त गरे ।

पछिल्लो पटक कान्तिपुर दैनिक र सर्वोच्च अदालतबीच भएको मुद्दा मामिलालाई संविधानको मर्म अनुरूप टुंग्याउनुपर्नेमा पनि मुख्यमन्त्री राईले जोड दिए ।