समाचार

कर्मचारीको समायोजनपछि संघीयता कार्यान्वयन

ललितपुर । विज्ञ, जननिर्वाचत प्रतिनिधि, पूर्वकर्मचारीलगायतले कर्मचारी समायोजन सकिएपछि संघीयताको कार्यान्वयन हुने बताएका छन् ।

पूर्व कर्मचारी सेवा परिषद्को २७ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘संघीयताको कार्यान्वयनको वर्तमानस्थित चुनौती र सम्भावना’ विषयको अन्तक्र्रियामा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले दरबन्दी पुनरवलोकन र नियमावली पारित भएपछि समायोजन अघि बढ्ने बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर संकलनमा समस्या देखिएकाले प्रदेशसभाले ऐन नबनाउँदासम्म रोकिएको जानकारी दिँदै कर तिर्ने संस्कार बसाउनका लागि छुटको व्यवस्था गरिएको बताए। पूर्वसचिव खेमराज रेग्मीले लामो समयसम्म एउटा सानो कामका लागि समेत सेवाग्राही काठमाडौँ आउनुपर्ने बाध्यता अब हटेको छ भने ।