पु.समाचार

चाबी मिलाएर स्कुटर चोर्ने तीन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङबाट नक्कली साँचो प्रयोग गरी स्कुटर चोरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकका दीपक लामा, काठमाडौँका रोशन जोशी र सिन्धुलीका सुशान आले मगरलाई चोरी गरिएका तीन थान स्कुटरसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रहरीले अभियुक्तका साथबाट बा ५३प ३३९१, ग५प १९१७ र बा५३प ३६२५ नंका स्कुटर बरामद गरेको छ । चोरी गरी ल्याइएका स्कुटरसहित अभियुक्तलाई बिहीबार पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।