समाचार

संवैधानिक इजलासमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतमा रहेको संवैधानिक इजलासमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल बार एसोसिएसनले १०८औँ नारी दिवसको अवसरमा आज आयोजना गरेको ‘महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपलब्धि र चुनौती’ विषयक छलफलमा उनले संवैधानिक इजलासमा एक जना महिला राख्नुपर्नेमा जोड दिएका हुन् ।

उनले संवैधानिक इजलासमा महिला न्यायाधीशलाई ल्याउने तयारीसमेत नदेखिएको भन्दै न्यायालयको सर्वोच्च स्थानमा समेत महिलामाथि विभेद भएको विचार व्यक्त गरे ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशको संयुक्त इजलास बस्ने व्यवस्था छ तर अहिले महिला न्यायाधीश राखिएको छैन ।

न्यायाधीश मल्लले संवैधानिक मात्रै नभएर प्रादेशिकस्तरमा हुने मुख्य न्यायधीवक्तामा एक जना पनि महिला नपर्नु विडम्बना रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिको फरक क्षमता भएकाले त्यसलाई कमजोरीका रूपमा नलिन आग्रह गरे ।