समाचार

अनशनकारीको जीवनरक्षा गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको धनगढी कारागारमा रहेका २४ जना कैदीबन्दीको मागको सम्बोधन गरी जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मागहरू राखी विगत चार दिनदेखि आमरण अनशनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मागको सम्बोधन गर्न आग्रह गरेको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश शर्मा वस्तीसहितको टोलीले बुधबार अनुगमन गरी सो मागका बारेमा सम्बोधन गर्न सरकारलाई पत्राचार समेत गरेको छ ।

आफ्ना माग पूरा गर्ने सन्दर्भमा आमरण अनशनजस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनशन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोगले अनशनरत पक्षलाई आग्रह गरेको छ ।