राजनीति

सभापति देउवाद्वारा नारी दिवसको शुभकामना

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै त्यसविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

शहरदेखि दूरदराजका गाउँहरूमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गर्दै उनले हिंसा र लोकतन्त्र जनताको सम्प्रभूतामाथिको सबैभन्दा ठूलो खतरा रहेको औँल्याएकाछन् ।

“हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो, हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो, काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ भन्ने विश्वास लिएको छु” शुभकामना सन्देशमा उल्लेख छ ।