राजनीति

प्रदेशको स्थानीय तहसँग समन्वय हुने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन् ।

नेपाल नगरपालिका संघ, प्रदेश नं १ भेलामा उनले स्थानीय तहसँग समन्वय गरी विकास निर्माणको कामलाई द्रुतरुपमा अघि बढाइने दृढता व्यक्त गरे । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताको आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे । एकदिने भेलामा प्रदेश नं १ का एक महानगरपालिकासहित ४० उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता छ ।