पु.समाचार

एमाले बैठक अबेरसम्म

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल गर्न सत्तारुढ नेकपा (एमाले)स्थायी कमिटीको बैठक अहिले पनि जारी छ ।
दिउँसो ४ बजेका लागि तय भएको बैठक साँझ ६ बजे शुरु भई हालसम्म जारी रहेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले नेताहरु छलफलमै रहेको जानकारी दिए। औपचारिक बैठक अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्शसमेत गरेको थियो ।

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा छलफल चलेको छ । यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।