समाचार

दलित भन्दै कोठा दिइएन, बैना समेत फिर्ता गरे

काठमाडौँ । दलित भएको कारण दर्शाएर दुई जना पत्रकारलाई घर मालिकले घरबाट निकालिदिएका छन् । इमेज च्यानलमा आबद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थित घरका मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार विश्कर्माले भन्नुभयो – “दुई कोठाको ११ हजार ५०० भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौँ । भाडास्वरुप अग्रिम रु दुई हजार ५०० दिएका थियौँ । सर्ने दिनमा त अरू नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौँ भन्दै उल्टै दुव्र्यवहार गरियो ।”¬

कोठा भाडाको बैना आफूहरुले दिइसकेकाले बस्न पाउनुपर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताएर धम्क्याएको विश्वकर्माको भनाइ छ । पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुव्र्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजाय ऐन, २०६८ अनुसार घर मालिक गौतम दम्पतीमाथि कारबाहीको मागसमेत गर्नुभएको छ ।